काठमाडौं– एक किलो नक्कली सुनलाई सक्कली सुन भन्दै ४० लाख रूपैयाँमा बेचेर ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका, धापासी च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ का २५ वर्षीय पवन विक, काठमाडौं पेप्सीकोला–३५ बस्ने धनुषा जनकपुर नगरपालिका–९ का ३५ वर्षीय मनिष ढुङगाना, काठमाडौं काडाँघारी बस्ने सर्लाही हरिवन–९ का २५ वर्षीय विवेक भन्ने धनेश्वर कुमार दनुवार छन्।
_x000D_
_x000D_
यस्तै काठमाडौं म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका–१९ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, काठमाडौं बौद्ध बस्ने धनकुटा राजारानी गाउँपालिका–६ का २५ वर्षीया सलिना शेर्पा भन्ने संगिता राई र काठमाडौं बौद्ध वेशीगाउँ बस्ने पर्सा विरुवागुठी–१ का २९ वर्षीय सन्तोष कुमार लामा पक्राउ परेके प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
गत कात्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।