काठमाडौं– वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार कात्तिक २२ गते काठमाडौंको पशुपति क्षेत्रबाट पक्राउ परेका दाङका दिनेशचन्द्र डिसीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा आजै डिल्लीबजार कारागार चलान गरिएको हो।
_x000D_
_x000D_
दाङको त्रिभुवन नगरपालिका–१० का डिसीलाई सर्वोच्च अदालतको २०७३ भदौ ८ गतेको फैसलाअनुसार डेढ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। फरार हुँदै आएका डिसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले कात्तिक २२ गते काठमाडौंको पशुपति क्षेत्रबाट पक्राउ गरेको थियो।
_x000D_
_x000D_
तिहार बिदा सकिएलगत्तै फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा डिसी आजै डिल्लीबजार कारागार चलान भएका निर्देशक शाहीले जानकारी दिए।
_x000D_
_x000D_
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत पत्रबिना नै विसं २०६६ मा ब्युटिसियन काममा आकर्षक पारिश्रमिकको लोभमा इटाली पठाइदिने भनी दाङकी शारदा घिमिरेबाट रकम लिएको आरोपमा डिसीविरुद्ध मुद्दा दर्ता भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।