• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भाँडियो पूर्व पञ्चहरुको एकता, सिद्धान्त मिलाउनभन्दा नेता व्यवस्थापन गर्न कठिन

64x64
किशोर दहाल आइतबार, कात्तिक २५, २०७५  १३:५१
1140x725

काठमाडौं– पूर्व पञ्चहरुको पार्टी राप्रपा, राप्रपा प्रजातान्त्रिक तथा एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रक्रिया तत्काललाई रोकिएको नेताहरुले बताएका छन्।

_x000D_ _x000D_

यी तीन पार्टी, एकताको अन्तिम चरणमा रहेको बताइए पनि त्यसमा लामो समयसम्मका लागि शंशय पैदा भएको उनीहरुको तर्क छ।

_x000D_ _x000D_

आइतबार राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई भेटेका थिए। त्यसपछि उनले आफ्नो पार्टीका केन्द्रीय सदस्यलाई भेटबारे ब्रिफिङ गरेका थिए। ‘अध्यक्ष कमल थापाले मिलिसकेको विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो’, बैठकमा सहभागी एक नेताले भने, ‘बैठककै बीचमा पनि थापा पशुपति शमशेरसँग टेलिफोनमा कुराकानी गरिरहनुभएको थियो।’

_x000D_ _x000D_

थापाले बैठकमा ब्रिफिङ गरेअनुसार राप्रपा प्रजातान्त्रिकको अनावश्यक अस्पष्टताले एकता प्रक्रिया तत्काललाई रोकिएको छ। ‘सैद्धान्तिक विषय मिलिसकेको थियो। महाधिवेशनको डकुमेन्टलाई आधार मानेर एकता गर्ने सहमति भइसकेको थियो’, एकता भाँडिनुअघिसम्मको अवस्थाबारे ती नेताले बताए।

_x000D_ _x000D_

राप्रपा राष्ट्रवादी नआए पनि एकता गर्ने बाँकी दुई राप्रपाले तयारी गरिरहेका थिए। ‘भोलि एकता घोषणा गर्ने भनेर राष्ट्रिय सभागृहको हल नै बुकिङ भइसकेको थियो’, ती नेताले भने।
_x000D_ तर, अन्तिम दिन राप्रपा प्रजातान्त्रिकको तर्फबाट मिलिसकेका विषयमा पनि फरक तर्क उठाउने काम भएको थापाले ब्रिफिङ गरेका थिए।

_x000D_ _x000D_

दुई पार्टीबीच महाधिवेशनमा सबै सैद्धान्तिक विषय टुंग्याउने मोटामोटी सहमति भइसकेको थियो। छलफल लम्बिँदै जाँदा राजतन्त्र, चुनाव चिह्न, हिन्दू राष्ट्रका विषयमा करिब–करिब मिलन बिन्दु पहिल्यार्इ सकिएको थियो। तर, पछि तिनै विषयहरुमा फरक बुझाइ आउन थालेको थियो। अन्तिममा त राजसंस्था तथा चुनाव चिह्न लगायतका विषय नै प्रतिष्ठाको विषय बन्न थालेको बताइएको छ।

_x000D_ _x000D_

‘उहाँहरुकै व्यवहारले मिलिसकेको विषयलाई पनि नयाँ समस्याको रुपमा उठाइयो। जसले गर्दा पार्टी एकता प्रक्रियामा शंशय पैदा भयो’, राप्रपा नेता मोहन श्रेष्ठले नेपाल लाइभलाई भने।

_x000D_ _x000D_

तर, मुद्दा र सिद्धान्तमा सहमति भए वा नभएको भन्ने चर्चाप्रति नै असन्तुष्टि जनाउँछन्, राप्रपा प्रजातान्त्रिकका नेता, विक्रम पाण्डे। भन्छन्, ‘अहिले बहस र छलफल त्यतातिर गएकै छैन। यो सबै हल्ला मात्रै हो। नाटक गरेको मात्रै हो। अहिलेसम्मको बहस फाइदा लिइराखेकाहरुमध्ये एकदुई जनालाई के फाइदा हुन्छ भन्नेमै कुरा घुमिरहेको छ।’

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राप्रपा प्रजातान्त्रिकका तर्फबाट दुई हप्ता समय मागिएको थापाले ब्रिफिङ गरेका थिए। यसमा सो पार्टीको आन्तरिक कारण रहेको राप्रपा नेताहरुको अनुमान छ।

_x000D_ _x000D_

‘सहमति भएको महाधिवेशनले पारित गरेको प्रतिवेदनमा १ सय ६३ सदस्यीय केन्द्रीय समिति हुने भन्ने छ। अहिले त्यसलाई बढाएर १ सय ८२ पुर्‍याउने भन्ने छ। त्यसमा ८६ जना राप्रपाको तर्फबाट, ७६ जना राप्रपा प्रजातान्त्रिकको तर्फबाट  र २० जना एकीकृत राप्रपा राष्ट्रवादीबाट। त्यस्तै, केन्द्रीय कार्यसम्पादन समिति २७ जनाको हुने र त्यसमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका तर्फबाट १२÷१२ जना हुने र राष्ट्रवादीबाट ३ जना रहने सहमति भएको थियो। तर उहाँहरुले आफ्ना नेताहरुको व्यवस्थापन गर्न सक्नुभएन। दुई हप्ता समय थपिए आन्तरिक व्यवस्थापन मिलाउन सकिन्छ की भनेर होला।’, राप्रपाका एक नेताले अनुमान गरे।

_x000D_ _x000D_

राप्रपा प्रजातान्त्रिकका पाण्डेको संकेत पनि त्यही आरोपलाई पुष्टि गर्ने खालकै छ। ‘प्रशस्तै समय लिएर छलफल गरौं। हतार नगरौं’, उनले भने, ‘सबै कुरा मिलाएर मात्रै पार्टी एकता हुन्छ। कसैले जबर्जस्ती गरेर पार्टी मिल्दैन। एकदुई जनालाई जे मन लाग्यो त्यही गरेर हुँदैन।’

_x000D_ _x000D_

पार्टी फुट्दा विभिन्न ठाउँमा फुट्यो। ती साथीहरुलाई के हुने?, उनीहरुको व्यवस्थापन कसरी हुने? भन्ने जस्ता विषय स्पष्ट पारेर मात्रै एकता गर्नुपर्ने पाण्डे बताउँछन्। ‘कमल थापाले पहिले जितेको के आधारमा हो? लोहनीको कुरा आफ्नै छ। हाम्रो आफ्नै कुरा छ। ती सबै नमिलाई चारपाँच जना नेताहरुलाई फाइदा हुनेगरी पार्टी मिलायो भने भोलि फेरि फुट्छ। राम्रोसँग मिलाएर एकता गर्नुपर्छ’, पाण्डे भन्छन्, ‘अहिले केको हतार छ? चुनाव भइरहेको त छैन नि।’

_x000D_ _x000D_

हतार नगर्ने प्रस्तावलाई नै राप्रपा नेताहरुले एकता प्रक्रिया अलमल्याउने खेलका रुपमा बुझेका छन्। आफूहरु हदैसम्म लचक भए पनि एकतामा शंशय पैदा भएको राप्रपाका नेता श्रेष्ठले बताए।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई सहिद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अ... सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार अपराह्नदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो। सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार सिंहदरबारमा मन्त्रीहरुसहितको बैठकमा प्रधानमन्त्री कार्कीले  सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई यस्तो निर्देशन दिएकी हुन्। सोमबार, कात्तिक १७, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्