रसुवा– रसुवामा तिहारको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार काग तिहारदेखि भाइटिकाको दिनसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय १० वटा सवारी साधन कारबाहीमा परेका हुन्।
_x000D_
_x000D_
कारबाहीमा सबैभन्दा बढी मालमाहक डिब्बा कन्टेनर, बस, मोटरसाइकल लगायतका सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका ट्राफिक प्रमुख नवराज खड्काले बताए। उनका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ओभरलोड, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, मापसे गरी सवारी हाँकेको, विना चालक अनुमति पत्र सवारी सञ्चालन गरेको लगायत शिर्षकमा कारबाही गरिएको हो।
_x000D_
_x000D_
उनले २ सय ५ वटा ट्रक तथा कन्टेनर, १५ वटा बस, ६५ वटा कार/जिप, २५ वटा मोटरसाइकल गरी ३ सय १० वटा सवारी कारबाहीमा परेको जानकारी दिए। कारबाहीमा परेका सवारीबाट जरिवानास्वरुप २ लाख ६७ हजार रुपैयाँ असुली भएको उनले बताए।
_x000D_
_x000D_
त्यस्तै, जिल्लामा सवारी दुर्घटना न्युनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अभियान सञ्चालन गरिरहेको छ। दुर्घटना न्युनीकरण सम्बन्धी पर्चा पम्प्लेट वितरण, हरेक हप्ता जिल्लाको कुनै एक चेकपोष्टमा चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट सवारी दुर्घटना न्युनीकरण सम्बन्धी कुराकानी गरिरहेको ट्राफिक प्रमुख खड्काले बताए। जसका कारण यो वर्षको तिहारमा जिल्लामा कुनैपनि दुर्घटना नभएको उनले दाबी गरे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।