एजेन्सी- श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले श्रीलंकाको संसद विघटन गर्ने निर्णय गरेका छन्। पछिल्लो समय श्रीलंकाको राजनीतिक गतिरोध बढ्दै जाँदा राष्ट्रपति सिरिसेनाले संसद विघटनको निर्णय गरेका हुन्।
_x000D_
_x000D_
संसद विघटन गर्दै आउने जनवरी ५ मा नयाँ निर्वाचन गर्ने उनले घोषणा गरेका छन्। यसैबीच सत्ताच्युत गरिएका श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलेको पार्टीले राष्ट्रपतिसँग संसद विघटन गर्ने संवैधानिक हैसियत नभएको दाबी गरेको छ।
_x000D_
_x000D_
विक्रमासिंघेको पार्टी युएनपीका एक सांसदले राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गैरकानुनी भएको र यो निर्णय उल्टिने विश्वास व्यक्त गरेका छन्। सांसद अजित परेराले भने, ‘हामीले निर्वाचन आयुक्तको कार्यलयलाई यो विषयमा कुनै रक्तपातबिना शान्तिपूर्ण तरिकाले समधान निकाल्न आग्रह गरेका छौँ।’
_x000D_
_x000D_
सिरिनेना र महिन्दा राजपाक्छेको नयाँ राजनीतिक गठबन्धनको सरकार गठन गर्न पर्याप्त संसद नपुग्ने हुँदा संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।