• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

उम्मेदवारको टुंगो लगाउन दलहरुलाई सकस 

64x64
नेपाल लाइभ आइतबार, भदौ १८, २०७४  १४:०२
1140x725

काठमाडौं- स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि मनोनयन मिति दुई दिन बाँकी हुँदा राजनीतिक दलहरुले अझैसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। 

उम्मेदवारहरुको आकांक्षी बढी र आन्तरिक सन्तुलन समेत मिलाउनुपर्ने भएपछि दलहरुलाई उम्मेदवार छनोट गर्न मुस्किल परेको हो। प्रदेश नम्बर २ को ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनका लागि दलहरुले भाद्र २१ गतेभित्र उम्मेदवारको मनोनयन गरिसक्नुपर्नेछ। 

निर्वाचन आयोगले उम्मेदवारी मनोननयनका लागि भदौ २१ गतेको मिति तोकेको छ । दुई दिन मात्रै समय बाँकी रहँदा संघीय समाजवादी फोरम नेपाल बाहेकका कुनै पनि दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । उम्मेदवारको नाम तय गर्न दलहरु आन्तरिक छलफलमा व्यस्त छन्। ठूला दलहरु एक-अर्को दलको उम्मेदवार घोषणा कुरिरहेकाले नामावली तय गर्न ढिलाइ भइरहेको छ।

नेपाली कांग्रेसले उम्मेदवारको नामावली तयार गरिसकेको दाबी गरे पनि सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र नेता रामचन्द्र पौडेलबीच सन्तुलन मिलाउनुपर्ने कारण नामावलीलाई अन्तिम रुप दिन नसकेको हो । देउवा अस्वस्थ रहेको र नेता पौडेल युएईको भ्रमणमा छन्। 

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले एक-दुई दिनमै उम्मेदवारको टुंगो लगाउने बताए। 'नामावली एकसरो तयार भए पनि अन्तिम रुप दिन बाँकी छ, एक-दुई दिनमै उम्मेदवारको सूची सार्वजनिक हुन्छ', पौडेलले भने।

कांग्रेसभित्र विवादका कारण नामावली घोषणा हुन ढिलाइ भइरहेको बताइरहँदा विवादको कुरा हल्ला मात्र भएको केन्द्रीय सदस्य कल्याण गुरुङले दाबी गरे ।

तराई सुगम जिल्ला भएकाले प्रचारका लागि समस्या नहुने र अन्य प्रतिस्पर्धी दलहरुले समेत उम्मेदवार सार्वजनिक नगरेकाले केही दिन पर्खेको गुरुङले बताए । उनले भने, 'सोमबारसम्ममा सबै तहमा उम्मेदवार हुने व्यक्तिको नाम सार्वजनिक गरी प्रचारको जिम्मेवारी दिइनेछ।'

उम्मेदवार छान्न महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव र दुई नम्बर प्रदेशका केन्द्रीय सदस्यहरु सहभागी भएको  गुरुङले जानकारी दिए।

Ncell 2
Ncell 2

यता नेकपा एमालेलाई आकांक्षीलाई चित्त बुझाउन समय लागेपछि उम्मेदवार टुंगो लगाउन अप्ठ्यारो भएको छ। उम्मेदवार टुंगो लगाउन शनिबार बसेको स्थायी समिति बैठकले वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगर र जितपुर सिमराका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। 

एमालेले वीरगञ्जमा बसरुद्दिन अन्सारीलाई मेयर र सोफिया आचार्यलाई उपमेयरको उम्मेदवार बनाएको छ। त्रिभुवन विश्वविद्यालयले सम्बन्धन स्थगित गरेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक समेत रहेका अन्सारी केही समयअघि मात्र माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए।

बाराको कलैया उपमहानगरपालिका प्रमुखमा विनोद साह र उपमेयरमा प्रतिमा यादवलाई उम्मेदवार बनाएको छ भने बाराकै जितपुर सिमरा उपमहानगरपालि प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई टिकट दिएको छ।

एमालेले बाँकी ठाउँमा उम्मेदवारको नाम टुंगो लगाउने भन्दै आइतबार पनि स्थायी समिति बैठक बोलाएको छ। 

'हाम्रोमा आकांक्षी बढी भएर व्यवस्थापन गर्न समय लागेको हो । आज हामी नाम टुंगो लगाउछौं', एमाले सचिव योगेश भट्टराईले नेपाल लाइभलाई भने।

माओवादी केन्द्र पनि उम्मेदवारको नामावली तयार गर्न जुटेको छ। शनिबार वीरगञ्जमा बसेको केन्द्रीय सचिवालय बैठकले नामावली तयार गर्न नसकेपछि माओवादी केन्द्र आइतबार पनि छलफलमा व्यस्त छ।

नेता नारायणकाजी श्रेष्ठले आंकाक्षीहरुलाई मनाउन नसक्दा उम्मेदवार छनोटमा ढिला भएको प्रतिक्रिया दिएका छन्। सम्भवत: आज उम्मेदवारको नाम टुंगिने उनले बताए।
केन्द्र केही दिनदेखि तराईमै पुगेर उम्मेदवार चयनमा लागिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समेत केही दिनयता तराईमै छन् । तराईका मतदातालाई रिझाउनेदेखि पार्टी प्रवेशका कार्यक्रममा दाहाल आफैं सहभागी भएर तराईमा माओवादीको अवस्था सुधार्न जुटिरहेका छन्। 

माओवादीले वीरगञ्ज महानगरपालिकामा मेयरको रुपमा रहबर अन्सारीलाई अगाडि सारेको छ ।  गण्डक मेडिकल कलेज सञ्चालक अन्सारीको नाम पार्टीले घोषणा गरिनसके पनि उनी नै हुने तय भएकाले प्रचार समेत सुरु भइसकेको छ । 

राष्ट्रिय जनता पार्टीका जिल्ला कमिटीले प्रत्येक जिल्लाबाट उम्मेदवारको सम्भावित नामावली केन्द्रमा सिफारिस गरिसकेका छन् । राजपाले उम्मेदवारको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई दिएको छ । ठाकुर नेतृत्वको उच्चस्तरीय समितिले केही दिनमै उम्मेदवारको नाम टुंगो लगाउने अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले बताए।

'हामीले ठाकुरजीलाई उम्मेदवारको टुंगो लगाउने जिम्मा दिएका छौं, भोली उम्मेदवारको सूची सार्वजनिक गर्ने जानकारी उहाँले गराउनुभएको छ,' यादवले भने।

प्रदेश नम्बर २ का आठ जिल्लामा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा असोज २ गते निर्वाचन हुनेछ।
 

प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्