रसुवा– दिपावली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि धुन्चे बजार टिमले हात पारेको छ।
_x000D_
_x000D_
नेपालीको दोस्रोे महान पर्व दिपावलीको अवसरमा मंगलबार सदरमुकाम धुन्चेमा सम्पन्न प्रतियोगितामा धुन्चे बजार टिमले पहिलो उपाधि हात पारेको हो।
_x000D_
_x000D_
दोस्रो उपाधि सि एफ टुल्कु छोलिङले हात पारेको छ भने तृतीय उपाधि राइजिङ दुङलाङले हात पारेको छ।
_x000D_
_x000D_
प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको जिल्ला फुटबल संघ रसुवाका संयोजक अजय लामाले बताए।
_x000D_
_x000D_
लिग चरणको आधारमा १६ देखि २० गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो।
_x000D_
_x000D_
त्यस्तै, प्रतियोगितामा धुन्चे बजार टिमका सुवास लामा उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक गोलकर्ता भीमलाल स्मृती टिमका नवीन श्रेष्ठ घोषित भए।
_x000D_
_x000D_
उनले ७ गोल गरेका थिए। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट योङ खेलाडीमा पिटर तामाङ, उत्कृष्ट टिमतर्फ सि पि एस, उत्कृष्ट गोल रक्षक तर्फ राईजिङ दुङलाङका पासाङ तामाङ, उत्कृष्ट गोल डिफेन्डरतर्फ धुन्चे बजार टिमका रामचन्द्र महर्जन घोषित भएका थिए।
_x000D_
_x000D_
घोषित भएका उनीहरुलाई मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको जिल्ला फुटबल संघ रसुवाले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।