रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा चेकजाँचका लागि प्रविधि नहुँदा समस्या भएको छ। पछिल्लो समय नाकामा सवारी साधनको चाप बढेसँगै चेकजाँचका लागि प्रविधिको अभाव महसुस हुन थालेको हो।
अन्तर्राष्ट्रिय नाकाको रुपमा समेत घोषणा भएको रसुवागढी नाकामा सवारी चेकजाँच गर्नका लागि अत्यावश्यकीय सामाग्रीहरु नहुँदा समस्या हुने गरेको रसुवाका प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
चेकजाँचका लागि नाकामा सिसी टिभी क्यामेरा, वाक थ्रु गेट, गाडी स्क्यानर लगायतको प्रविधि अत्यावश्यक भए पनि प्रविधि जडान गर्न नसक्दा चोरी तस्करी बढ्न थालेको छ। प्रविधि जडान गर्न नसक्दा नाकामा खटिएका सुरक्षाकर्मीले झोला खोतल्ने, कपडा निकाल्ने र सामान्य रुपमा गाडीको जाँच गर्ने गरेका छन्।
नाकामा प्रविधि जडान हुने हो भने ५० प्रतिशत अपराध तथा अवैध सामान ओसारपसार नियन्त्रण हुने उहाँको भर्ना छ। प्रविधि भएमा शंका लागेको गाडी र व्यक्तिलाई मात्र चेकजाँच गर्न सकिने उहाँले बताउनुभयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।