म्याग्दी– चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशविन्दु मानिएको बेनी नगरपालिका–९ गलेश्वरमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ।
_x000D_
_x000D_
कुश्मास्थित चण्डिका गणअन्तर्गत प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सो गुल्मको स्थापना गरिएको हो। गुल्ममा हाल ३५ प्रहरी खटिएका छन्। भौतिक पूर्वाधार निर्माण गरी जनशक्ति थप गरिने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताए।
_x000D_
_x000D_
यसअघि जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति थिएन। पर्वतको कुश्मास्थित गणले नै सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।