गुल्मी- गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली पक्राउ परेका हुन्।
_x000D_
_x000D_
कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीय राजकुमार थापाको खाली घरमा श्रीमतीलाई आफूले हत्या गरेको दुर्गाबहादुरले प्रहरीसामु बयान दिएका छन्।
_x000D_
_x000D_
तीजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र आफूले मादकपदार्थ सेवन गरेको झोंकमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख र इलाका प्रहरी कार्यालय पुर्कोट दहको प्रहरी टोलीले खोजतलास गर्दा शनिबार राति धाराचौर गहुँछरे जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए।
_x000D_
_x000D_
दुर्गाबहादुरका तीन छोरा र एक छोरी रहेका छन्। श्रीमतीको हत्या गरेपछि यतिबेला ती बालबालिका बिचल्ली भएका छन्। उनीहरूको छिमेकी ओमबहादुर नेपालीले गाउँपालिकाको सहयोगमा संरक्षण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।