विराटनगर– झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेटबाट खैरो हेरोइनसहित विर्तामोड नगरपालिका–५ का २० वर्षीय अर्जुन सुब्बालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाको टोलीले पक्राउ गरेको हो। सुब्बाको साथबाट १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
यसैगरी, भद्रपुर नगरपालिका–९ स्थित दोभानबाट अर्जुनधारा नगरपालिका–११ का १९ वर्षका सन्तोष चेम्जोङ र आकाश तामाङलाई पक्राउ गरीएको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राति ८ बजे उनीहरुलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
भारतबाट नेपाल आउँदै गरका उनीहरुको साथबाट डाइजेपाम १२ एम्पुल, फेनरागन १२ एम्पुल, लुपिजेसिक ८ एम्पुल र नुफिन ४ एम्पुल बरामद भएको छ।
_x000D_
_x000D_
पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।