काठमाडौं– बर्दियाका व्यापारी मोहन खटिकको गोली हानी हत्या भएको पुष्टि भएको छ। केहीबेरअघि गरिएको पोस्टमार्टम अनुसार उनको कोखमा गोली नै प्रहार गरिएको पुष्टि भएको हो।
_x000D_
_x000D_
बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय खटिकको गएराति १ बजेतिर हत्या भएको थियो। पोस्टमार्टममा उनको शरीरमा गोली भेटिएको बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताए।
_x000D_
_x000D_
गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। सामान्य परिवारका खटिक भैसी व्यापारको काम गर्ने गरेका बढैयाताल–३ का वडाध्यक्ष दुर्गाप्रसाद पराजुलीले जानकारी दिए।
_x000D_
_x000D_
दुई जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेको परिवारले बताए पनि गोली नै प्रहार गरिएको हो कि होइन भन्नेमा प्रहरी अन्योलमा थियो।
_x000D_
_x000D_
घटना भएको थाहा पाउनासाथ प्रहरीले नेपालगन्जबाट तालिमप्राप्त कुकुर मगाएर स्न्याफिङ गराइसकेको छ। कुकुरले झन्डै डेढ किलोमिटरसम्म गएर केही संकेत गरेको एसपी मैनालीले जानकारी दिए।
_x000D_
_x000D_
कुकुरले दिएको संकेत र प्रहरीको अनुस्न्धानबाट शंकास्पद देखिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।