काठमाडौं– बर्दियाको बढैयाताल गाउँपालिका–३ गोबरियापुरका भैंसी व्यापारी ३५ वर्षीय मोहन खटिकको गएराति हत्या गरिएको हो। मध्यराति १ बजे उनको गोली प्रहार गरी हत्या गरिएको बढैयाताल–३ का वडाध्यक्ष दुर्गावप्रसाद पराजुलीले जानकारी दिए। ‘पक्की घरको भुइँतल्लामा उनीसँगै दुई जना बच्चाहरु पनि सँगै सुतेको परिवारले बताएको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘झ्याल छेउमा सुतेका खटिकको कोखमा गोली प्रहार गरी हत्या भएको हो।’
_x000D_
_x000D_
कोखमा गोली प्रहारको चोट जस्तो देखिए पनि कोठामा रगत नदेखिएकोले अहिले नै गोली प्रहार भन्न नमिल्ने बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए। ‘म राति नै घटनास्थल पुगेको थिएँ। कोखमा १ इन्चजति गोलाइ भएको घाउ छ। पोस्टमार्टमको क्रममा छौं। घाउ भएको ठाउँबाट गोली निस्किए गोली प्रहार भएको पुष्टि हुन्छ। नभए अन्य कुनै वस्तु प्रहार भएर मृत्यु भएको पनि हुन सक्छ।'
_x000D_
_x000D_
गोली प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। सामान्य परिवारका खटिक भैसी व्यापारको काम गर्ने गरेको वडाध्यक्षको भनाइ छ।
_x000D_
_x000D_
दुई जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेको परिवारले बताएपछि प्रहरीले गोली प्रहार गर्नेको व्यापक खोजी गरेको जनाएको छ।
_x000D_
_x000D_
कुकुर स्निफिङ, चार जना पक्राउ
_x000D_
घटना भएको थाहा पाउनासाथ प्रहरीले नेपालगन्जबाट तालिमप्राप्त कुकुर मगाएर स्न्याफिङ गराइसकेको छ। कुकुरले झन्डै डेढ किलोमिटरसम्म गएर केही संकेत गरेको एसपी मैनालीले जानकारी दिए।
_x000D_
_x000D_
कुकुरले दिएको संकेत र प्रहरीको अनुस्न्धानबाट शंकास्पद देखिएका ४ जनालाई नियन्त्रणमा लिएको एसपी मैनालीले नेपाल लाइभलाई बताए। ‘४ जनालाई हामीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। कर्तव्य ज्यान जस्तो मुद्दामा आशंकाको आधारमा पक्राउ परेकाहरु पछि निर्दोष देखिन पनि सक्छन्।अहिले नाम नखोलौं,’ एसपी मैनालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।