काठमाडौं–२ लाख भारतीय रुपैयाँसहित शनिबार दिउँसो प्रहरीले भारतीय युवकलाई वीरगंजबाट पक्राउ गरेकाे छ। वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकबाट भारत विहार पूर्वी चम्पारण मोतिहारी रक्सौल–२२ नागारोड बस्ने १९ वर्षीय रोहितकुमार शर्मालाई ५ सय दरको नोट ४ सय थान गरी २ लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हाे।
_x000D_
_x000D_
विशेष सूचनाको आधारमा सोही ठाउँस्थित खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीले जाँच गर्ने क्रममा शर्मालाई अवैध रुपमा ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।