विराटनगर– बालिका बलात्कार गरेकाे आरोपमा प्रहरीले सुनसरी र झापाबाट २ जनालाई पक्राउ गरेको छ सुनसरीको इटहरी उपमहानगरपालिका– ५ स्थित बरामपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय १८ वर्षीय भवानी आचार्य पक्राउ परेका छन्।
_x000D_
_x000D_
आचार्यले शनिबार राति करिब साढे ९ बजे ६ वर्षीया बालिकालाई फकाएर आफ्नै घरमा लागि मोबाइल देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकाका आफन्तको जाहेरीका आधारमा पक्राउ परेका आचार्यका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
_x000D_
_x000D_
यसैगरी, १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका– ९ स्थित बिरानका १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाको घरमा कोही नभएको मौका छोपी डर त्रास देखाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बालिकालाई उद्धार गरी मेडिकल चेकजाँचको लागि मेची अंचल अस्पताल पठाइएको र बालकलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।