धनकुटा- धनकुटाको धनकुटा नगरपालिका-१ स्थित हिले-छिन्ताङ सडकखण्डमा लागेको मेलामा अज्ञात व्यक्तिको धारिलो हतियार प्रहार गर्दा १ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
जिल्ला सुनसरी ईटहरी उप-महानगरपलिका-१५ बस्ने ३५ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
_x000D_
_x000D_
करिब बिहान साढे ७ बजे सो घटना भएको धनकुटा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै कुकुर सहित प्रहरीको टोली परिचालन गरी अनुसन्धान भइरहेको र सोधपुछका लागि २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।