बाजुरा– प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि टिकट लिन उम्मेदवारसँगै टिकट लिन काठमाडौं गएका बाजुराका एक स्थानीय नेता वेपत्ता भएका छन् । काँग्रेसका पूर्व जिल्ला सचिव जयबहादुर थापा एक सातादेखि सम्पर्कविहिन छन्। उनी सम्पर्क विहीन भए लगत्तै खोजी सुरु भएपनि अझै पत्ता लाग्न सकेको छैन ।
उनी काँग्रेसका अन्य नेतासँगै टिकटका लागि लबिङ गर्न असोज २२ गते बिहान कर्णाली रिभरको ४६०४ नम्बर गाडीमा काठमाडौंका लागि निस्किएका थिए । यात्राका क्रममा मुग्लिनमा छुटेको बताइएको उनका भतिजा जनक थापाले बताउँछन्।
चौतर्फी खोजी गर्दा पनि सम्पर्क हुन नसकेपछि घरपरिवार निराश छन् । उनका चार छोराछोरी, श्रीमती छन्। प्रहरीमा खोजी गरिदिन उजुरी गरिएपनि भेटिएको सूचना नआएको आफन्त बताउँछन् । ‘बसबाट छुटेको स्थान तथा क्षेत्र वरपर खोजबिन गरिरहेकै छौं । कतै फेला पार्न सकिएन,’ उनका भतिजा नाता पर्ने जनक थापाले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।