रोल्पा– रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ। यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो।
सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ। हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्युठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्लीका लागि बस सेवा शुरु गरिएको छ।
यसैगरी, हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जनाएको छ।
यसअघि सो प्रालिले काठमाडौँ, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा र रात्रि बस सेवा दिँदै आएको छ। प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको बताएको छ।
रोल्पामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिले जिल्लाका भित्री सडकका साथै प्युठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडौंसम्म सेवा पुर्यालउँदै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।