पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।
_x000D__x000D_
पोखरा क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४ विकेटको क्षतिमा १ सय ७२ रन जोड्यो।
_x000D__x000D_
काठमाडौंका लागि नरेश बुढाऐरले अर्धशतक प्रहार गरे। उनले नटआउट ५८ रन जोडे। उनले २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले नटआउट २५ रन जोडे। ज्ञानेन्द्रले १३ बलमा २ चौका र १ छक्का हिर्काए। बुढाऐर र मल्लबीच पाँचौ विकेटका लागि ६७ रनको साझेदारी भएको थियो।
_x000D__x000D_
ओपनर जयकिशन कोल्सावालाले ४५ रन बटुले। उनले ३५ बलमा चौका र २ छक्का हिर्काए। अर्का ओपनर अमित श्रेष्ठ भने शुक्रबार पनि चल्न सकेनन्। उनले विपिन खत्रीबाट आउन हुनुअघि ९ बलमा ४ रन मात्र जोड्न सके। पवन सर्राफले २२ रनको योगदान दिए। रोहान मुस्ताफबाट बोल्ड हुनुअघि पवनले २२ बलमा २ चौका र १ छक्का हिर्काए।
_x000D__x000D_
गौरव तोमारले ११ रन जोडे। तोमारले १३ बलको सामना गर्दा २ चौका हिर्काए।
_x000D__x000D_
बलिङमा बुटवलका विपिन खत्रीले २ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। रोहान मुस्ताफा र मोहमद सांसद शेखले १-१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।