सर्लाही– रामनगर–४ मा गत मंगलबार भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। दोषीलाई कारबाही नभएको भन्दै परिवारले मृतकको शव बुझेका छैनन्।
_x000D_
_x000D_
घटनाको चार दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेको रामनगर– ४ का वडा अध्यक्ष रामनरेस महतोले आरोप लगाए। वडा अध्यक्ष महतो पनि उक्त घटनामा घाइते भएका छन्।
_x000D_
_x000D_
जिल्लाको दक्षिण पश्चिम क्षेत्र रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार एमाले र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको थियो। झडप हुँदा गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको छ।
_x000D_
_x000D_
घटनामा प्रेमनारायण महतो, श्रीनारायण महतो, भोजिन्द्र महतो, दिवेश कुमार महतो, मुकेशकुमार कुसवाह, महादेव राय र प्रमोद सहनी घाइते भएका छन्।
_x000D_
_x000D_
झडमा मृत्यु हुने रामविलास महतो वडा अध्यक्षका काका हुन्। यसैगरी घाइतेहरु प्रेमनारायण, श्रीनारायण र भोजिन्द्र उनका दाजु हुन् भने दिवेश र मुकेश भतिजा हुन्।
_x000D_
_x000D_
घाइते सबै जनालाई गोलीको छर्रा लागेको छ। उनीहरुको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
_x000D_
वडा अध्यक्ष महतोमाथि भने अघिल्लो दिन (सोमबार) नै आक्रमण भएको थियो। कार्यालय जाँदै गर्दा स्थानीय ओपेन्द्र रायको घरमा जम्मा भएको एक समूहले आफूलाई कुटपीट गरेको उनले बताए ।
_x000D_
_x000D_
महतोको देव्रे खुट्टा दुई ठाउँमा भाँच्चिएको छ भने टाउकोमा १० वटा टाँका लागेको छ। उनी पनि जिल्ला अस्पताल सर्लाहीमा उपचाररत छन्।
_x000D_
_x000D_
सोमबार आफूलाई आक्रमण गर्ने समूहले नै मंगलबार परिवारमाथि आक्रमण गरेपछि दोहोरो झडप भएको उनले बताए। पुस्तौंदेखि राजनीतिक पकड जमाएर बसेको समूहले आफू र आफ्नो परिवारमाथि आक्रमण गरेको महतोको आरोप छ।
_x000D_
_x000D_
नेकपाको स्थानीय नेतृत्वले भने उक्त घटनामा आफूहरुको कुनै संलग्नता नरहेको र निराधार आरोप लगाइएको दाबी गरिरहेको छ।
_x000D_
_x000D_
मृतकलाई सहिद घोषणा गर्न माग
_x000D_
पीडित परिवारले झडपमा परी मृत्यु भएका रामविलास महतोलाई सहिद घोषणा, दोषीलाई कारबाही, तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।
_x000D_
_x000D_
आफूहरुका माग पूरा गर्ने र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सवालमा सम्बन्धित पक्षले बेवास्ता गरे आफूहरु आन्दोलनमा उत्रने मृतकका आफन्तले चेतावनी दिएका छन् ।
_x000D_
_x000D_
कसैलाई पक्राउ गरिएको छैन : प्रहरी
_x000D_
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उक्त घटनाका दोषीलाई पक्राउ गर्न प्रहरी परिचालित भएको जनाएको छ।
_x000D_
_x000D_
घटनालगत्तै आरोपीहरु फरार भएकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कुन्दन देवले बताए। दोहोरो झडपको कारण पनि हालसम्म खुलिनसकेको उनले बताए।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका देवले पीडितको जाहेरी आजै दर्ता हुने जानकारी पनि दिए। मृतकको शव पोस्टमार्टम गरी अस्पतालमा राखिएको उनले बताए। आफन्तले शव बुझ्न नमानेको प्रहरीको भनाइ छ।
_x000D_
_x000D_
गाउँ अझै अशान्त
_x000D_
दोहोरो झडपमा परी एक जनाको मृत्यु तथा ७ जना घाइते भएपछि उग्र बनेको बोहर्वा गाउँ अझै शान्त हुन सकेको छैन। कतिपय व्यक्ति फरार छन्।
_x000D_
_x000D_
घटनापछि स्थानीयबासी तनावमा रहेको प्रहरी चौकी खैर्वा बोहर्वाका असई निखेन्द्र झाले बताए। ‘झडपपछिका दिन केही सहज त भएका छन, तर सामान्य अवस्था छैन,’ असई झाले भने, ‘गाउँले लगायत हामी पनि तनावमै काम गरिरहेका छौं।’
_x000D_
_x000D_
छानविन टोलीले काम थाल्यो
_x000D_
घटनाको अनुसन्धान तथा छानविन गर्न गठित केन्द्रीय टोलीले बिहीबारदेखि नै आफ्नो काम सुरु गरेको छ।
_x000D_
_x000D_
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन टोलीले घटनास्थल हेर्ने, पीडित पक्षसँग कुराकानी गर्ने, सुरक्षाकर्मी एवं कर्मचारीसँग सोधपुछ गर्ने लगायतका काम भइरहेको जनाइएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।