काठमाडौं– स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले नागढुंगा चेकपोष्टबाट पक्राउ गरेको छ।
_x000D_
_x000D_
बाँके, नेपालगञ्ज उपमाहानगरपालिका–४ सल्यानीवाग बस्ने ३६ वर्षीय महमदहकी सिद्धिकीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ना५ख ६४७७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सिद्धिकीलाई शरीरमा लुकाई–छिपाई ल्याएको उक्त रकमसहित पक्राउ गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।