काठमाडौं– नेपालगञ्ज उपमहानगरपालिका–२१ की १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
सोमबार बालिका बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ५२ वर्षीय मोहम्मद सरिफ बागवानलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
बालिकालाई भेरी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बिगत ५–७ दिनदेखि निमोनियासम्बन्धी बिरामी देखिएकोले नर्सिङ होम नेपालगञ्जमा पठाइएकोमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।