डडेल्धुरा– बहुविवाहको आरोपमा फरार रहेकी एक महिला अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ। अभियुक्त आलिताल गाउँपालिका–१ की भावना नेपालीलाई प्रहरीले घरबाटै पक्राउ गरेका हो।
_x000D_
_x000D_
बहुविवाह मुद्दामा डडेल्धुरा जिल्ला अदालतबाट ०७३ पुस २५ गते दस हजार जरीवानासहित ११ महिना २१ दिन कैद फैसला गरेलगत्तै फरार रहेकी अभियुक्तलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
_x000D_
_x000D_
उनलाई बिहीबार डडेल्धुरा जिल्ला अदालतमा बुझाइएको र अदालतले बिहीबार नै कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।