पोखरा- बुधबारदेखि सम्पर्कविहीन भएका एक पुरुषको शव बिहिबार फेला परेको छ। पोखरा–२० भलामस्थित कालीखोलामा रहेको झोलुंगे पुल मुनि उत्तानो परेको अवस्थामा पाेखरा १६ का २२ वर्षीय अमृत बास्तोलाको शव फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
उनी १० प ८५४३ नम्बरको स्कुटीसहित सम्पर्कविहीन भएका थिए। मृतकका दाजुले भाइ हराएको खबर प्रहरीमा गरेपछि उनको खोजीकार्य तीव्र पारिएको थियो।
_x000D_
_x000D_
‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,’ गण्डकी प्रहरी कार्यलयका प्रवक्ता गोविन्द पुरीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।