काठमाडौं- ३८औं गभर्नस गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत नेपालको मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ।
_x000D_
_x000D_
बिहीबार भारतको सक्किममा भएको सेमिफाइनलमा मनाङले भारतको एटिके रिभर्सिजलाई ६-२ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
_x000D_
_x000D_
मनाङका लागि पहिलो हाफमा अन्जन विष्टले आठौं र द्रोण थापाले ४३ मिनेटमा गोल गरेका थिए। पहिलो हाफको इन्जुरी टाइममा एटिकेले गोल फर्काउँदै खेललाई २-१ को अवस्थामा ल्याएको थियो।
_x000D_
_x000D_
दोस्रो हाफमा मनाङ अझ आक्रामक बन्यो। द्रोण थापाले ५३ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा मनाङ ३-१ ले अघि बढ्यो। विमल रानाले ७६ मिनेटमा मनाङका लागि चौथो गोल गरेका थिए।
_x000D_
_x000D_
द्रोणले ८३ मिनेटमा ह्याट्रिक पूरा गर्दा मनाङस सहज जिततर्फ लम्बिएको थियो। मनाङका लागि छैटौ गोल सुजल श्रेष्ठले खेल सकिन ५ मिनेट बाँकी छदा गरेका थिए। खेल सकिन एक मिनेट बाँकी छदा एटिकेले दोस्रो गोल गरे पनि खेलमा फर्कन ढिला भइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।