काठमाडौं- साफ यू-१५ च्याम्पियनसिप फुटबलबाट नेपाली किशोर टिम सेमिफाइनलबाटै बाहिरिएको छ। बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पाकिस्तानसँग ४-० गोलले पराजित हुँदै नेपाल बाहिरिएको हो।
_x000D__x000D_
पाकिस्तानले नेपाललाई पूरै खेल अवधिभर दबाबमा राखेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पाकिस्तानले चारै गोल दोस्रो हाफमा गरेको थियो।
_x000D__x000D_
५४ मिनेटमा जान लिम्बुले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा नेपाल पछि परेको थियो। त्यसपछि मोहिब उलाहले २ गोल गर्दै नेपालमाथि दबाब बढाए। उनले खेलको ६० र ६९ मिनेटमाा गोल गरेका थिए। मोहिब अहमदेले ७७ मिनेटमा चौथो गोल गरेपछि पाकिस्तान फराकिलो जिततर्फ अघि बढेको थियो।
_x000D__x000D_
अब पाकिस्तानले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।