कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चार जनाको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ।
_x000D_
_x000D_
महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।
_x000D_
_x000D_
'लामो समयदेखि अनुसन्धानका क्रममा शङ्कास्पद देखिएका व्यक्तिको डिएनए परीक्षणका लागि रगतको नमूना संकलन गरी पठाएका छौँ,' उनले भने, 'नमूना संकलन गरिएका व्यक्तिको पहिचान खोल्न अहिले मिल्दैन।' अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले बताए। घटनाको गहनरुपमा अनुसन्धानको कार्य अझै जारी रहेको उनको भनाइ छ।
_x000D_
_x000D_
यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकेको छ। डिएनए गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो। साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।