काठमाडौं- नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन्। अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल नै एएफए कप २०१८ को उत्कृष्ट गोल ठहरियो।
_x000D_
_x000D_
फुटबल अस्ट्रेलियाले पहिलो पटक दिएको अवार्डमा मास्केले उपाधि जित्न सफल भएका हुन्।
_x000D_
_x000D_
उत्कृष्ट गोलको अवार्डको मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत पाउँदै मास्के विजेता भएका हुन्।
_x000D_
_x000D_
अस्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यावसायिक फुटबल खेल खेल्दै आएका सुलभले वेस्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनीत भएको थियो।
_x000D_
_x000D_
मनोनयनमा परेका १० गोलमध्ये समर्थकको भोटको आधारमा विजेता घोषित गरिएको हो। वर्ष गोल अवार्डका लागि कात्तिक ७ गतेसम्म भोटिङ खुला गरिएको थियो।
_x000D_
_x000D_
हेलेनिक एट्लेटिक र वेस्टर्न सिड्नी क्लबबीच भएकाे खेलकाे हाइलाइट्स
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।