काठमाडौं- ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ।
_x000D_
_x000D_
हिजो साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन्।
_x000D_
_x000D_
बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा नेपाल फोनिक्ससँगै ४–१ गोलले पराजित भएको थियो। नेपालले मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस युनिभर्सिटीलाई ३–० ले हराएको थियो।
_x000D_
_x000D_
अन्तिम मैत्रीपूर्ण खेलसँगै अब नेपाली टोली शुक्रबार ओलम्पिक छनोट खेल्न म्यान्मार जाने एन्फाले जनाएको छ। तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो ।
_x000D_
_x000D_
नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन्। ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यान्मा र बङ्गलादेश छन्।
_x000D_
_x000D_
नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यान्मा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर र लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।