बझाङ– जिल्लामा शान्ति सुरक्षा प्रदान गर्न पहिलो पटक सशस्त्र प्रहरी बलको ब्यारेक स्थापना भएको छ। यस अघि नेपाल प्रहरी र नेपाली सेना मात्र रहेको जिल्लामा सशस्त्रको समेत ब्यारेक स्थापना भएपछि तीनवटै सुरक्षा निकायको उपस्थिति भएको छ।
_x000D_
_x000D_
सशस्त्र प्रहरी नायव उपरीक्षक भुवनराज पन्तको नेतृत्वमा ३० जनाको टोली मंगलबार जिल्ला सदरमुकाम पगेको हो। गत जेठ २७ गते नेपाल सरकारले सशस्त्र प्रहरीलाई देशभरका सबै जिल्लामा उपस्थित गराउने निर्णय गरेको थियो। सुदुरपश्चिमका बाजुरा र बझाङमा सशस्त्र प्रहरीको उपस्थिति थिएन।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।