पोखरा– ट्राफिक नियमको पालना गरे सवारी दुर्घटनामा न्यूनीकरण हुने पोखरामा बुधबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न मन्टेश्वरी एसोसिएसन कास्कीको र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन्।
_x000D_
_x000D_
कास्कीका ट्राफिक प्रहरी प्रमुख ऐनबहादुर मल्लले टाफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताए। उनले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनीकरणका लागि नियमको पालना गर्नसमेत आग्रह गरे।
_x000D_
_x000D_
‘नेपालमा पछिल्लो समय सवारी दुर्घटनाकै कारण ज्यान गुमानेको संख्या बढिरहेको छ,’ उनले भने, ‘१० वर्षे जनयुद्धभन्दा पछिल्लो ५ वर्ष यता सवारी दुर्घटनाबाटै धेरै क्षति भएको छ।’ १० वर्षे जनयुद्धमा १५ हजारले ज्यान गुमाएको भन्दै उनले भने, ‘पछिल्लो ५ वर्षमा १० हजारको मृत्यु भएको र २० हजार गम्भीर घाइते भएका छन्।’
_x000D_
_x000D_
मल्लले ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुने गरेको बताए। ‘दूर्घटना न्यूनीकरण गर्न सबैभन्दा पहिले सवारी चालक नै सचेत हुनुपर्छ,’ उनले भने। उनले चालक र पैदलयात्री दुबैले नियमको पालना गरे दूर्घटना धेरै कम हुने दाबी गरे।
_x000D_
_x000D_
सचेतना कार्यक्रमका संयोजक एवं मन्टेश्वरी एसोसिएसन कास्कीका सदस्य जर्नादन सुवेदीले ६५ प्रतिशत बालबालिका सवारी मार्फत विद्यालय जाने भएकाले ट्राफिक नियम पालना गर्न सवारी चालकको भुमिका महत्वपूर्ण हुने बताए।
_x000D_
_x000D_
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शिव पाठकले सवारी दुर्घटनाका कारण, ट्राफिक नियम, जरीवाना र सजायकबारे चालकलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।