काठमाडौं– महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी नवीनकृष्ण भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पाँच लाख रुपैयाँ घुस प्रकरणमा उनलाई आयोगले पक्राउ गरेको हो।
गत असोज ९ मा वृत्तका असई चन्द्रसिंह भाट र हवल्दार मनोज यादवलाई आयोगले घुससहित पक्राउ गरेको थियो। उनीहरुको वयानका आधारमा डिएसपी भण्डारीको समेत संलग्नता देखिएपछि आइतबार अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
हवल्दार यादवको योजना अनुसार ठगी मुद्दामा पक्राउ परेका एक व्यक्तिसँग उनीहरुले पाँच लाख रुपैयाँ मागेका थिए। हवल्दार यादव विवादास्पद प्रहरी हुन्। उनलाई एआईजी जयबहादुर चन्दले बालाजु वृत्तमा पठाएको केही दिनमै उक्त घुसकाण्ड भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।