पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ।
_x000D_
_x000D_
बुधबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो।
_x000D_
_x000D_
विराटनगरका लागि ओपनर मोहमद जायद अलामले सर्वाधिक रन जोडे। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा ७२ रन जोडे। १५औं ओभरको तेस्रो बलमा सागर पुनबाट आउट हुनुअघि उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
अर्का ओपनर सुनील धमला भने डकआउट भए। लगत्तै जितेन्द्रसिंह ठकुरी २ रनमा आउट भएपछि विराटनगर सुरुमै दबाबमा आएको थियो। तर जायद र प्रदीप ऐरीबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भएपछि विराटनगरको इनिङ उकासिएको थियो।
_x000D_
_x000D_
मध्यक्रमका ब्याट्सम्यान राजेशपुलामी मगरले भने १ रन भन्दा बढी रन जोड्न सकेनन्।
_x000D_
_x000D_
प्रदीप ऐरीले ४१ रन बनाए। उनले ४३ बलमा ३ चौका प्रहार गरेका थिए। यस्तै राजु रिजाल ८ रनमा बुटवलका कप्तान सोमपाल कामीबाट रनआउटको सिकार बने। अन्तिम ओभरको पाँचौ बलमा सोमपालले सन्दीप लामिछानेलाई पनि १ रनमा रनआउट गरे। विराटनगरका लागि पुष्प थापाले नटआउट ४ रन जोडे।
_x000D_
_x000D_
बलिङमा ललितसिंह भण्डारीले २ विकेट लिए। विपिन खत्री, सांसद शेख र सागर पुनले १-१ विकेट लिन सफल भए।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।