• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
छाडा चौपाया व्यवस्थापनमा लाखाैं खर्च, समस्या ज्यूँका त्यूँ
64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ०८:३७
1140x725

पोखरा– महानगरभित्रका साना गल्लीमा मात्रै होइन मुख्य सडकमै बग्रेल्ती छाडा चौपाया देखिन्छन्। विभिन्न समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा त्यसबारे बहस र चर्चा भइरहन्छ।

_x000D_ _x000D_

महानगर भनिरहन्छ, ‘काम हुँदैछ। योजना र कानुन बनिसकेको छ। अब छाडा पशु चौपाया व्यवस्थापन हुन्छन्।’ तर समस्या उस्तै छ। न छाडा चौपाया व्यवस्थित हुन सके न महानगरले कुनै निश्चित ठाउँ नै तोक्यो। 

_x000D_ _x000D_

महानगरले छाडा पशु चौपाया व्यवस्थापन गर्न लाखौँ लगानी गरिसकेको छ। ‘महानगरले पशु चौपाया व्यवस्थापन गर्न पोखरा, भलाममा रहेको स्थानापति दुग्ध सहकारी संस्थासँग सम्झौता गर्दा सबैभन्दा बढी खर्च भएको देखिन्छ,’ महानगरका एक कर्मचारी भन्छन्, ‘त्यतिबेला महानगरले सहकारीको मर्मतसम्भार गर्ने मात्रै होइन त्यहाँसम्म पुग्न बाटो पनि बनाइदिएको थियो।’

_x000D_ _x000D_

सहकारीसँग भएको सम्झौताअनुसार त्यहाँ ५ सयवटा छाडा चौपाया राख्ने सहमति भए पनि ३ सय ५० वटा गाई पनि राखिएको थियो। 

_x000D_ _x000D_

गत साउन महिनामा महानगरले छाडा चौपाया व्यवस्थापन गर्न भलामको सहकारीलाई जिम्मा दिएको थियो। यसका लागि सहकारीलाई मासिक ५० हजार दिने सहमति भए अनुसार १ वर्षका लागि ६ लाख रुपैयाँ बुझाएको थियो।

_x000D_ _x000D_

सहकारीसम्म पुग्न महानगरले नै २७ लाख रुपैयाँ बाटो मर्मत गर्न खर्च गरेको थियो। ‘सहकारी वरिपरि चौपाया व्यवस्थापन गर्न महानगरले ९ लाख रुपैयाँको मात्रै तारबारमा खर्च गरेको थियो,’ ती कर्मचारीले भने।

_x000D_ _x000D_

तर, स्थानीयकै विरोधका कारण महानगरको उक्त योजना असफल भयो। मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना सकेसम्म व्यवस्थापन गर्न लागिपरेको बताउँछन्।

_x000D_ _x000D_

‘दिनहुँ सडकमा छाडा चौपाया आउँछन्। घाइते भए या बिरामी भए भने महानगरमा फोन गरेर उपचार गर भन्छन्। यसले पनि व्यवस्थापनमा समस्या भइहरहेको छ,’ उनले भने। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

गत फागुनमा सडकका छाडा चौपायालाई समाउन महानगरले पशु ट्यागिङ योजना ल्याएको थियो। उक्त योजनाअनुसार पशुहरूलाई ट्यागिङ गरी पशुधानीसम्म पुग्नु थियो। तर त्यो पनि प्रभावकारी हुन सकेको छैन। 

_x000D_ _x000D_

एक महिनाअघि मात्रै महानगरले सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न पोखरा १७ मा रहेको कोलुमन्ती पश्चिम फुस्रे खोलाको उत्तरपट्टि क्षेत्रलाई ‘उपयुक्त स्थान’ चुनेको थियो। त्यहाँको खाली जग्गालाई छाडा चौपाया व्यवस्थापन गर्ने थलोका रुपमा हेरिएको थियो। तर, हाल आएर उक्त ठाउँ पनि ‘अनुपयुक्त क्षेत्र’ ठानिएको छ। 

_x000D_ _x000D_

‘फुस्रे खोला किनार क्षेत्र पशुहरुका लागि अनुपयुक्त भएको पशु विज्ञले भनेपछि महानगरले योजना परिवर्तन गर्नुपरेको छ,’ पोखरा–१७ का वडाध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका संयोजक तीर्थराज अधिकारीले भने। महानगरले पशु व्यवस्थापन गर्न पोखरा २५ हेमजालाई चुनेको उनले जानकारी दिए। 

_x000D_ _x000D_

महानगरले हेमजाको रुद्र महादेव गुठी संस्थासँग सहकार्य गरेर सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न लागेको संयोजक अधिकारी बताउँछन्। ‘संस्था र त्यहाँका वडाध्यक्षसँग पनि कुरा भइसकेको छ। १/२ दिनमा फेरि छलफल गरेर सम्झौता गर्छौँ,’ उनले भने। उनले संस्थामा रहेको जग्गा आफूहरुले हेरिसकेको र केही दिनमै विषय टुंगो लाग्ने बताए।

_x000D_ _x000D_

संस्थानसँग पशु व्यवस्थानबारे सम्झौता भइसकेपछि खर्चको सर्भे गर्ने त्यसैबाट खर्च गर्ने संयोजक अधिकारीले जानकारी दिए।

_x000D_ _x000D_

‘पशु चौपायालाई राख्ने, छेकबार गर्ने लगायत खर्च हुन्छ,’ उनले भने, ‘यसपालि त्यति ठूलो खर्च हुने देखिँदैन।’ संस्थाले पशु चौपायाको जिम्मा लिइसकेपछि सम्झौताअनुसार काम प्रक्रिया अघि बढ्ने उनले बताए। 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन्। आगलागीबाट ३५... शनिबार, जेठ २४, २०८२
नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ । इदगाहभित्रको स्थ... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु आइतबार, जेठ २५, २०८२
विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दै आइतबार, जेठ २५, २०८२
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ७५ जनाभन्दा बढीको मृत्यु आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्