काठमाडौं– नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या आरोपमा पक्राउ परेका किशोरीलाल सोनी कारागार चलान भएका छन्।
_x000D_
_x000D_
१३ वर्षअघि हेमकार परिवार सदस्यको हत्या गरी फरार रहेका भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बाँके प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
जिल्ला अदालत बाँकेको आदेशअनुसार उनलाई मंगबार कारागार चलान गरिएको हो।
_x000D_
_x000D_
२०६२ फागुन २३ गते नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारी बाहेक सबैको हत्या भयो। मारिनेमा गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार र पसलमा काम गर्ने १५ वर्षे रामसनिच्चर चौधरी थिए। उनीहरुको हत्या गरेर २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना लुटिएको थियो।
_x000D_
_x000D_
प्रहरीले शंका गरेको व्यक्ति बुहारी दीपा हेमकार घटना भएलगत्तै घर बेचेर भारतको लखनउ बस्न थालेकी थिइन्। उनी अनुसन्धानको घेरामा तानिइन्। तर बेपत्ता भइन्।
_x000D_
_x000D_
घटना भएको १३ वर्षपछि असोज १४ गते बाँके प्रहरीले हत्याको आरोपमा किशोरलाललाई पक्राउ गरेको थियो। हत्या आरोपमा पक्राउ परेका किशोरलाल दीपकका आफ्नै ससुरा हुन्। अर्थात उनी हेमकार परिवारकी बुहारी दीपा हेमकारका बाबु हुन्।
_x000D_
_x000D_
याे पनि पढ्नुहाेस्
_x000D_
_x000D_
१३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्या गर्ने पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।