काठमाडौं- नयाँ शक्ति पार्टीको १५औँ संघीय बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।
_x000D_
_x000D_
भोलिसम्म बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा दुईदिने बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ।
_x000D_
_x000D_
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।