सुर्खेत– रातो किताबको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले रातो किताबको माग गर्दै संसद अवरुद्ध गरेपछि केही दिनदेखि अबरुद्ध कर्णाली प्रदेशका संसद सुचारु भएको छ। प्रदेश सरकारले रातो किताब तयार पारेर सांसदलाई उपलब्ध गराएपछि संसद सुचारु भएको हो। संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयन चुनौतीपूर्ण बनेको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका थिए।
_x000D_
_x000D_
गाउँसभा तथा नगरसभा सञ्चालन सम्बन्धी विधेयक पारित
_x000D_
_x000D_
संसद सुचारु भएपछि बसेको बैठकले गाउँसभा तथा नगरसभा सञ्चालन सम्बन्धी विधेयक कर्णाली प्रदेश संसदले पारित गरेको छ। उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो।
_x000D_
_x000D_
प्रदेश सरकारले संसदमा पेश गरेको विधेयकमाथि संशोधन प्रस्ताव परेपछि छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको थियो। समितिमा छलफलसहित विधेयक संशोधन भएपछि आज पुनः संसदमा पेस गरेर पारित गरिएको हो।
_x000D_
_x000D_
पदाधिकारीको सुविधा सम्बन्धि विधेयक पेस
_x000D_
_x000D_
आजको बैठकमा कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सो विधेयक संसदमा पेस गरेका हुन्।
_x000D_
_x000D_
त्यस्तै कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक पनि मंगलबार नै संसदमा पेस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।