काठमाडौं- केही समय पहिले ह्रस्वदीर्घका नियम सिकाउने गीत बनाएको अवेरनेस इनटरनेसनल एकेडेमी (अइए)ले देश चिनाउने देउसी गीत सार्वजनिक गरेको छ। सामजिक विषयमा अाधारित भएर गीत तयार गरिएको हो।
_x000D_
_x000D_
देउसीगीतमा देशको राजनीतिक विभाजन प्रादेशिक संरचना, सांस्कृतिक पहिचानका अादिका विषय उठान गरेको छ।
_x000D_
_x000D_
विगतमा तीजको गीतमार्फत ह्रस्वदीर्घको नियम उल्लेख गरी चर्चा बटुलेको स्कुलले राष्ट्रको परिचय दिने गरी गीत बनाएको हो। गीतमा सबै स्थानीय तहको संख्याका साथै प्रदेशका मुख्यमन्त्रीको नाम समेत समावेश छ।
_x000D_
_x000D_
विद्यालयका शिक्षक विमल घिमिरेद्वारा रचिएको गीतमा स्कुलका विद्यार्थीहरुले पोशाकमा नै नृत्य गरेको देख्न सकिन्छ।
_x000D_
_x000D_
यस्तो छ भिडियो
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।