काठमाडौं– प्लेअफपछिका खेलका लागि सुदूरपश्चिम रोयल्सका लागि फाइनल खेलमा जर्ज मुन्जीले आक्रामक अर्धशतक प्रहार गरेका छन् ।
पहिलो र दोस्रो क्वालिफायरमा खास प्रदर्शन गर्न नसकेका उनले फाइनलमा भने आक्रामक ब्याटिङ गरिरहेका छन् । उनले २८ बलमा अर्धशतक पूरा गरेका छन्। यस क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे।
४४ रनमा रहेका बेला सन्दीप जोराले जर्ज मुन्जीको क्याच छोड्नु लुम्बिनीका लागि घातक साबित भइरहेको छ। उनले यतिबेला ३६ बलमा ६५ रन बनाएर खेलिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।