काठमाडौं– बाराको कलैया उपमहानगरपालिका–२३ कोइरियाटोलका ६५ वर्षीय वृद्ध नन्दलाल राउत कुर्मीको हत्या आरोपमा बारा प्रहरीले चार जानलाई पक्राउ गरेको छ। नन्दलालको कात्तिक १० गते आइतबार राति ८ बजे घाटी रेटी हत्या गरिएको थियो।
_x000D_
_x000D_
हत्या गरेपछि फरार भएका उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ कोइरियाटोला का ६५ को बैजनाथ राउत कुर्मी, सोही ठाउँका ४० वर्षीय वीरेन्द्रलाल प्रसाद जैसवार, १९ वर्षीय बिशाल पटेल र बाराको साविकको अमृतगंज गाविस–९ घर भई कलैया उपमहानगरपालिका–२३ कोइरियाटोला बस्दै आएका वर्ष ५५ को जोधा भन्ने रामअयोध्या दास तत्मा छन्।
_x000D_
_x000D_
उनीहरुमाथि कतृव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट म्याल थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।