राजविराज– सप्तरी सदरमुकाम राजविराज निवासी एकल महिला आशा देवको हत्यामा राजविराज नगरपालिका कार्यालयका कर्मचारीको समेत संलग्नता पाइएको छ ।
_x000D_
_x000D_
हत्या अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामध्ये राजविराज नगरपालिका– ६ का ३२ वर्षीय शंकर मेहतर र २८ वर्षीय सुरज मेहतर नगरपालिका कार्यालयका ज्यालादारी कर्मचारी हुन्। दुवै जना विगत १५ वर्षदेखि स्विपरको काम गर्दै आएका थिए।
_x000D_
_x000D_
शंकरलाई गत ८ गते घरबाटै र सुरजलाई ९ गते राजविराज–४ स्थित माछा हटियामा सफाइ गर्दागर्दै प्रहरीले पक्राउ गरेको नगरपालिकाको सरसफाइ फाँटका एक कर्मचारीले जानकारी दिए। प्रहरीले दुवै जना देवको हत्यामा प्रत्यक्ष संलग्न भएको दावी गरेको छ।
_x000D_
_x000D_
उनीहरुसँगै छिमेकीहरु ३० वर्षीया चनरदेवी मेहतर र ३५ वर्षीया मुन्नी साह हत्यामा संलग्न रहेको एसपी राजेन्द्र विष्टले बताए। व्यावसायिक रिसइवीका कारण देवको हत्या भएको बताए पनि हत्याको यथार्थ कारण भने हालसम्म पनि प्रहरीले जानकारी दिएको छैन।
_x000D_
_x000D_
राजविराज– ६ स्थित प्रहरी कार्यालयको दक्षिततर्फ जोडिएको घरमा बस्दै आएकी देवको गत कात्तिक १ गते राति महानवमीका दिन टाउकोमा इँटा र लोहोरो प्रहार गरी हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।