काठमाडौं– जिल्ला प्रहरी कार्यालय दार्चुलाले ३ क्विन्टल २० किलो अवैध खिरौला जडिबुटी (सेतो चिनी) सहित ९ जनालाई पक्राउ गरेको छ। दार्चुलाको प्रहरी चौकी सुनसेराबाट असई प्रमबहादुर बोहराको कमाण्डमा खटिएको प्रहरीले सोमबार राति १२ बजे अवैध खिरौला बरामद गरेको हो।
_x000D_
_x000D_
दार्चुलाको व्यास गाउँपालिका–४ मईघाटबाट खिरौला ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा व्यास गाउँपालिका–२ का दयाकृष्ण विष्ट, सोही ठाउँका हिक्मतसिंह धामी, विरेन्द्रसिंह धामी, मानसिंह धामी, सुरेन्द्रसिंह धामी , महेशसिंह धामी, नारायणसिंह धामी, सुन्दरसिंह धामी र उपेन्द्रसिंह धामी छन्।
_x000D_
_x000D_
उनीहरुलाई कारबाहीको लागि मंगलबार अपिनाम्पा संरक्षण क्षेत्र सुनसेरा पोष्ट दार्चुलामा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।