काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै अस्पतालबाट फर्किने बताएका छन्।
_x000D_
_x000D_
मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्— चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु।
_x000D_
_x000D_
प्रधानमन्त्रीले खास घटना उल्लेख नगरी त्यस्ता घटनाप्रति म सवेदनशील छु। 'धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैनन', सन्देशमा भनिएको छ, 'यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ।'
_x000D_
_x000D_
उनले शान्ति सुव्यवस्था भंग गर्ने आपराधिका कार्यबाट समृद्धिको महाअभियानमा विथोलिने र विकासको मार्ग भत्किने बताएका छन्।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भएका आधारहीन प्रचारप्रति पनि आफूलाई जानकारी भएको बताएका छन्। 'सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाको बारेमा आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ', अगाडि भनिएको छ, 'यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।'
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।