काठमाडौं– बैंक लुटपाटमा संलग्न भएको अभियोगमा सेवाबाट बर्खास्त गरिएका सशस्त्र प्रहरी बलका तत्कालीन सहायक निरीक्षक (असई) हर्षबहादुर शाहीलाई लागु अौषध कारोबारमा संलग्न भएको पाइएको छ। लुटपाटमा संलग्न भएको अारोपमा उलनाई सेवाबाट बर्खास्त गरी कारबाही गरिएको थियो।
_x000D_
_x000D_
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घर भएका असई शाही २०६४ सालमा काठमाडौंको कमलादीस्थित बैंक अफ काठमाडौं लुटपाटको घटनामा संलग्न थिए। बैंक लुटपाटमा संलग्न भएको पाइएपछि सशस्त्र प्रहरी बलले उनलाई सेवाबाट मात्रै बर्खास्त मात्र गरेन, काठमाडौं जिल्ला अदालतले १० वर्ष कैदको फैसला समेत सुनाएको थियो।
_x000D_
_x000D_
२०६४ सालबाट जेल जीवन बिताउन सुरु गरेका शाही २०७४ सालमा कैद मुक्त भएका थिए। १० वर्ष जेल बस्दा पनि उनको बानी सुध्रिएन। गत वर्षमात्रै जेलमुक्त भएका उनी त्यसपछि लागू औषधको कारोबार गर्ने गरेको पाइएको छ।
_x000D_
_x000D_
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको प्रहरी टोलीले उनलाई ठूलो मात्रामा लागू औषधसहित पक्राउ गरेको छ। प्रहरीले ३८ वर्षीय शाहीको साथबाट नियन्त्रित मनोद्दिपक पदार्थ डाइजापाम ३ एम्पुल, फेनारगन ३ सय एम्पुल, बुरफिन ३ सय एम्पुल बरामद गरेको छ।
_x000D_
_x000D_
त्यसैगरी प्रहरीले उनीसँगै रामेछापको खाँडादेवी गाउँपालिका–८ का ३८ वर्षीय झपडबहादुर कार्कीलाई पनि लागू औषधसहित पक्राउ गरेको छ। कार्कीको साथबाट प्रहरीले डाइजापाम ६५ एम्पुल, फेनारगन ६५ एम्पुल र बुरफिन ६५ उम्पुल बरामद गरेको छ। पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।