काठमाडौं– यही कात्तिक १६ बाट प्रदर्शनको तयारीमा छ फिल्म ‘चङ्गगा चेट’। उक्त फिल्मको निमार्ण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको ‘गोजीमा दाम छैन’बोलको गीत सफल भएको भन्दै केक काटेर खुसीयाली मनाएको छ।
_x000D_
_x000D_
फिल्म प्रदर्शनमा आउनुपूर्व नै गीतले १ करोड ५० लाखभन्दा बढी दर्शक पाएको भन्दै खुसियाली मनाएको फिल्म युनिटले जानकारी दिएको छ।
_x000D_
_x000D_
कार्यक्रममा उक्त गीतका संगीतकार तथा गायक राजनराज शिवाकोटीले ५० हजार रुपैयाँ उपहार समेत प्राप्त गरे। निमार्ण युनिटका अनुसार राजनराजसँग भएको सम्झौता अनुसार उनलाई उपहार प्रदान गरिएको हो।
_x000D_
_x000D_

_x000D_
_x000D_
कार्यक्रममा बोल्दै फिल्मका निर्माता माधव वाग्लेले भने, ‘गीत निमार्णका क्रममा नै गीतले करोड बढी दर्शक पाएमा उपहार दिन्छौं भनेका थियौं। सोहीअनुसार दिएका हौं। यो कुनै पारिश्रमिक रकम होइन।’
_x000D_
_x000D_
प्रियंका कार्की, आयुष्मान डिएस जोशी, सन्दीप क्षेत्री, सुरक्षा पन्त, रवीन्द्र झालगायतको मुख्य अभिनय रहेको फिल्म चंङ्गा चेट यहीँ कात्तिक १६ बाट प्रदर्शनमा आउँदैछ। दिपेन्द्र के खनालको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा माधव वाग्ले र सर्मिला पाण्डेको लगानी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।