काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका आमिर शेख तमिम बीन हमादबीच कतारको हमादस्थित दिवानमा भेटघाट भएको छ। चार दिने औपचारिक कतार भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र हमादबीच औपचारिक भेटघाट भएको हो।
_x000D_
_x000D_
राष्ट्रपति भण्डारी र आमिर हमादबीचको भेटघाट अघि कतारको सैन्य टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सैनिक सलामी अर्पण गरेको थियो।
_x000D_
_x000D_
भेटका अवसरमा दुईपक्षीय कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने र दुईपक्षीय सहयोगका विषयमा छलफल भएको बताईएको छ। कतारी आमिर हमादको निमन्त्रणामा कतार पुगेकी राष्ट्रपति भण्डारीको सम्मानमा हमादले दिवाभोज आयोजना गरेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।