काठमाडौं - यूएन पार्क नजिकको एक भवनमा केहीबेर अघि आगलागी भएको छ ।
ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि ‘सेकुवालय’ रेस्टुरेन्ट रहेको भवनमा आगो लागेको प्रहरीले जनाएको छ ।
दमकलहरू आगलागी भएको स्थानमा पुगेका छन् । आगो केही नियन्त्रणमा आएको छ ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।