काठमाडौं- सभामुख कृष्णबहादुर महराले त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
_x000D_
_x000D_
सभामुख महरा प्रधानमन्त्रीलाई भेट्न सोमबार राति ८ बजे अस्पताल पुगेका थिए। भेटमा उनले सामान्य कुराकानी गर्दै स्वास्थ्यलाभको कामना गरे।
_x000D_
_x000D_
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई बताएको सभामुख महराले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।