काठमाडौं- काठमाडौंको लैनचौरमा आज बिहान मोटरसाइकल र माइक्रोबस जुध्दा एक जनाको मृत्यु भएको छ अर्का घाइते भएका छन्।
_x000D_
_x000D_
खानी विभागस्थित सडकखण्डमा बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपासमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट बस्ने ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ। पछाडि सवार सोह्रखुट्टै बस्ने सरज थापा घाइते भएको छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत दरबारमार्गले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।