कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा एक वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन्।
_x000D_
_x000D_
नयाँपुलकी ८० वर्षीया कौशिला गुरुङको सोमबार साँझ घरभित्र शंकास्पद अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
_x000D_
_x000D_
घटनास्थलको प्रकृति, मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा चोट देखिएको र घरको मूल ढोकामा बाहिरबाट ताल्चा लगाइएकाले उनको हत्या भएको आशङ्का गुरुङले गरे।
_x000D_
_x000D_
आइतबार राति भएको घटनाको बारेमा सोमबार साँझमात्र जानकारी भएको थियो। जेठा छोरा चित्रबहादुरसँग बस्दै आएकी कौशिला छोरा घरमा नभएको दिन उक्त घटना भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए। गुरुङको साथमा भएका गरगहना लुट्ने नियतले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक आँकलन प्रहरीको छ।
_x000D_
_x000D_
मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।